GB Koirala Banner Ad New

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, चाँदी २० रुपैयाँले सस्तियो

काठमाडौं। सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। सुनको मूल्य मंगलबार प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले गिरावट आएको छ। चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ।

सुन सोमबार अहिलेसम्मकै महँगो भएको थियो। सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १९३८.५४ डलर छ। सोमबारको तुलनामा मंगलबार प्रतिऔंस करिब ६ डलर घटेको हो। चाँदीको भाउ पनि प्रतिऔंस २४.२१ डलरबाट २३.८४ डलरमा झरेको छ।