GB Koirala Banner Ad New

नेपालको पहिलो मल्टि ब्राण्डेड जुत्ता सोरुम संचालनमा

काठमाडौं । काठमाडौंको रत्नपार्क (बागबजार मोड ) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनिहरुले एउटै छानामुनि सोरुम संचालनमा ल्याएका छन् ।

रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुई तल्लामा सोरुम रहेको छ ।

एकै छानामूनि विभिन्न ब्राण्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटिएम सुजका संचालक प्रमोद कुमार महत्तोले बताए ।

उक्त सोरुममा केटिएम सुज,भेनस सुज, बोस सुज,बेम्बो सुज तथा हिमानी लेडिज सुजका उत्कृष्ट उत्पादनहरु रहेका छन् । उक्त जुक्ता सोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ ।

सिधै आफ्ना उप्पादनहरु उपभोक्ता सामु पुग्ने हुनाले उपभोक्ताहरुको सझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझाव लाई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।

स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामूनि भन्ने नारा लिई उक्त सोरुम संचालनमा आएको हो ।