GB Koirala Banner Ad New

मौद्रिक नीतिमा समेट्न निर्यात व्यवसायी महासंघका सात सुझाव

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सातबुँदे सुझाव राष्ट्र बैंकसमक्ष अघि सारेको छ ।

महासंघका अध्यक्ष शंकर पाण्डेको नेतृत्वमा गएको टोलीले ‘समृद्धिका लागि निर्यात’ भन्ने नाराका साथ यस्ता माग अघि सारेको हो ।

यो नारा निजी क्षेत्रको एकल प्रयासबाटमात्रै सम्भव नभएकाले सरकार तथा निजी क्षेत्र मिलेर अघि बढेमा हासिल गर्न सकिने निष्कर्ष निकालेको छ ।

सातबुँदे सुझावमा स्थिर नीति, सहुलीयत ब्याजदर, वित्तीय पहुँच, नगद प्रोत्साहन, पुनरकर्जा, भुक्तानी प्रणालीको व्यवस्था र एफडीआई नीति आवश्यक भएको जनाएको छ।

यी मागहरु कार्यान्वयन गर्न किए नेपालको निर्यात क्षेत्रमा लगानी आकर्षित भइ चालु उद्योगले समेत पनि बैंक कर्जा लिने प्रोत्साहन पाउने र जसबाट नेपालको निर्यातमा कम्तिमा पनि दुई गुणा वृद्धि हुने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले जानकारी गराएका छन् ।