GB Koirala Banner Ad New

सानिमा बैंकको १२ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ

काठमाण्डौं। सानिमा बैंकको झन्डै १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका विद्यमान संस्थापकले नाममा रहेको ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्री गर्दैछन्।

सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तय गरिएको छ। यस्तै एक लाखभन्दा कम सेयरका लागि निवेदन दिन पाएने छैन।

बैंकका कायम संस्थापकले मात्र सो सेयर किन्न पाउँछन्। उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र आवेदन नपरे संस्थापकभन्दा बाहिर विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरिएको छ।

खरिद गर्न चाहेको कित्ता र आशय मूल्यसहितको निवेदन बैंकको प्रधान कार्यालयमा पठाउनुपर्ने छ।