GB Koirala Banner Ad New

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषको शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले वैशाख १९ गतेबाट नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४४३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय मार्फत पेश गर्न सकिनेछ ।