काठमाडौं । एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा आकर्षक योजना ल्याएको छ । माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले साना निक्षेपकर्तालाई लक्षित गरी उक्त योजना ल्याएको हो ।
यससँगै बैंकले सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्धतीमा ७.२५ प्रतिशतसम्म वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) तोकेको छ ।
हाल अधिकांश बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बताएको छ ।
हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा बैंकले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ ।
बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ । र, जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ ।
त्यस्तै, बैंकले १३६ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गदै आइरहेको छ ।





























