काठमाडौं । मुलुकको आयात बढ्दै जाँदा केन्द्रीय बैंकले खुकुलो नीति लागू गरेको छ । अब एक पटकमा अधिकतम १ लाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न पाइने भएको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत संशोधित परिपत्र जारी गर्दै एक पटकमा अधिकतम १ लाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिने व्यवस्था गरेको हो ।
यसअघि यस्तो सीमा ५० हजार डलरसम्म थियो । यो व्यवस्था भारतबाहेकका अन्य मुलुकबाट प्रतीपत्र बाहेक डीएपी र डीएएको माध्यमबाट हुने आयतमा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।





























