काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा लाभांश नदिने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको हो। यस आर्थिक वर्षमा कुनै लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
दोस्रो बजारमा कम्पनीले लाभांश दिने भन्दै गएका दिनमा सर्वाधिक कारोबार भएको थियो। तर कम्पनीले आजै नगद लाभांश वितरण नगर्ने सूचना सार्वजनिक गरेको छ।





























