GB Koirala Banner Ad New

कांग्रेसले बोलायो फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद बैठक आह्वान गर्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद छन् ।