काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन १९ गते बुधबार अन्तिम दिन हो । सिभिलले हाल कायम चुक्ता पुँजीको ३.५% बोनस सेयर र कर प्रयोजनको लागि ०.१८% नगद लाभांश गरि कुल ३.६८% लाभांश वितरण गर्दैछ ।
लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन २० गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको साधारण सभा चैत ५ गते वोगन भिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमाडौंमा बस्ने छ ।
























