GB Koirala Banner Ad New

चैत १ गतेदेखि सनराइज बैंकको दोस्रो म्युचुअल फण्ड, ८५ करोडको आईपीओ आउँदै

काठमाडौं । सनराइज बैंक कोष प्रवद्र्धक रहेको अर्को म्युचुअल फण्ड आउने भएको छ । सनराइज ब्लुचिप फण्ड नामको नयाँ म्युचुअल फण्ड ल्याउन लागेको हो ।

उक्त फण्डको कोष प्रवद्र्धक सनराइज बैंक रहनेछ भने कोष व्यवस्थापक सनराइज क्यापिटल हुनेछ । सनराइज बैंककै प्रवर्द्धनमा अहिले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमै छ ।

सो फण्डको आईपीओ चैत १ गतेदेखि खुल्नेछ । त्यसका लागि आह्वानपत्र प्रकाशन समेत गरिएको छ । आवेदकले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन गर्न सक्नेछन् । प्रतिइकाई मूल्य १० रुपैयाँ कायम गरिएको छ ।

सनराइजले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये १ करोड ५० लाख रुपैयाँ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेर बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ ।