GB Koirala Banner Ad New

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौँ । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सिटिजन्स बैंकलाई धितोपत्र बोर्डले अनुमति दिएको छ ।

प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ ।

१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।