GB Koirala Banner Ad New

राष्ट्रिय समाचार समितिकाे सञ्चालक सदस्यमा डिल्लीराम भट्टराई नियुक्त

राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक समिति सदस्यमा पत्रकार डिल्लीराम भट्टराई नियुक्त भएका छन् ।

गोलधाप–१, झापाका स्थायी बासिन्दा भट्टराई यही असार २१ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार चार वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन्। रासस ऐन, २०१९ को दफा ८ को उपदफा (१) खण्ड (ख) बमोजिम पत्रकार भट्टराईलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

उनी यसअघि पनि चार वर्षका लागि राससको सञ्चालक सदस्य भइसकेका छन् । पत्रकारितामा स्नातकोत्तर गरेका भट्टराई हाल समय सन्दर्भ पाक्षिकका प्रधानसम्पादककाे जिम्मेवारी सम्हाल्दै आएका छन् ।

जनधारणा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका सदस्य भट्टराईले राइजिङ नेपाल, राजधानी दैनिक, नेपाल ट्राभलर, न्यूज २४ को टेलिभिजनमा काम गरिसकेका छन् । यस्तै मदन भण्डारी कलेजका पत्रकारिता विभाग प्रमुखसमेत रहिसक्नुभएका भट्टराई सेन्ट जेभियर्स कलेजमा पत्रकारिता विषयमा अध्यापन गरेको अनुभव समेत रहेको छ ।