GB Koirala Banner Ad New

सबैभन्दा बढी विप्रेषण भित्र्याउने हिमालयन बैंक सम्मानित

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ। आफ्नो ६८औँ वार्षिकाेत्सवको अवसरमा आयोजित समारोहबीच वाणिज्य राष्ट्र बैंकले हिमालयन बैंकलाई सम्मानित गरेको हो।

समारोहमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरे। हिमालयन बैंकले आ.व. ०७८–७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो।

बैंकले करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमाल रेमिट’मार्फत ग्राहकहरूलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ।