काठमाण्डौं।एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ ।
१५८ रनको मध्यम स्कोर पछ्याएको कतारले २५ दशमलब १ ओभरमा जम्मा ८९ रन बनाउँदा सबै विकेट गुमायो ।
नेपाललाई जिताउन सन्दीप लामिछानेले ५ सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । यो जितसंगै नेपाल ७ अंकका साथ समुहमा पहिलो हुँदै सेमिफाईनलमा पुगेको छ।
४ खेलमा नेपाले ३ जित र १ वर्षाले खेल हुन नसकेपछि अंक बाड्दै ७ अंक पाएको हो। नेपालको समुहबाट ओमानले ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।






























