काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं साँखुको जुनकिरी पब्लिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्डटेबल नेपालसँगको समन्वयमा विद्यालय झोला सहयोग गरेको हो ।
बालबालिकालाई शिक्षाको अवसरसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीमध्ये झोलाको सुविधा पुर्याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा शिक्षाको मूलधारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीका लागि उक्त सहयोग प्रदान गरेको जनाएको छ ।




























