संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रर्वद्दन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेरआफ्नो क्यालेन्डर प्रकाशनगर्दै आएको छ ।
“नेपालका राष्ट्रिय विभूतिहरु” भन्ने नारासहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव श्री सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक श्री सन्तोष कुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख श्री पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।
साथै, सो कार्यक्रमा सचिवश्री सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशनगर्नाले समग्र जातजाती, भूगोल तथापर्यटन प्रर्वद्दनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गनुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले नेपालीकला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाउनु भयो ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ATM सहितविश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधाप्रदानगर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवादिँदै आइरहेको छ ।




























