GB Koirala Banner Ad New

१८ वर्षीय किशोर द्वारा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी

पाल्पा। ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।