GB Koirala Banner Ad New

सरकारको चालु खाता २९ अर्ब ६४ करोड रूपैयाँले घाटामा शोधनान्तर स्थिति भने बचतमा

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता २९ अर्ब ६४ करोड रूपैयाँले घाटामा रहेको छ ।
गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रूपैयाँले घाटामा रहेको थियो ।
यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रूपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोड रूपैयाँले घाटामा रहेको थियो ।