नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।
सपथ ग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी थिए ।
उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
नेपालमा विसं २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव दोस्रो राष्ट्रपतिमा भण्डारी हुनु भएको थियो ।
राष्ट्रपतिको कार्यकाल भने यो चौथो हो तेस्रो पटक २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी नै दोहोरिनु भएकोथियो ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।































