GB Koirala Banner Ad New

आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७८०७९ का लागि १६ खर्व ४७ अर्व ५७ करोडको बजेट प्रस्तुत गरेको छ। जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ । उक्त स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट

आगामी आर्थिक २०७८/०७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि सबैभन्दा धेरै बजेट छुट्याएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन । सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।

नयाँ बजेट मार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको छ । निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ।

सरकारी कर्मचारीको तलव २ हजार बढ्यो

सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरेको आय(व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता १५ प्रतिशतले वृद्वि

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेका छन् । सामाजिकरसीमा सुरक्षा, विपद तथा महामारीमा यी निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

पत्रकारलाई उपचार सुविधा

सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा नि: शुल्क उपचार सुविधा दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिएका छन ।

‘आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निस्शुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु,’

मन्त्री पौडेलले भने, ‘सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

संसद विकास कोष खारेज

संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताएका छन ।

यस वर्ष संसद विघटित अवस्थामा रहेकाले यो कार्यक्रममा रकम विनियोजन नहुने निश्चित थियो । सरकारले भने कार्यक्रम नै सदाका लागि खारेज गरिदिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो।

सरकारले आगामी एक वर्षमा १ लाखलाई निस्शुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८(०७८ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको जानकारी गराएका छन् ।

पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड रुपैयाँ

पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८र२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

यसैगरी लुम्बिनी विकास गुरुयोजनाका काम दुई वर्षमा सम्पन्न गरिने लक्ष्य बजेट वक्तव्यमार्फत राखिएको छ । यसका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

धनुषा जिल्लाको जनकपुरस्थित जानकी मन्दिर क्षेत्र र कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न आगामी आर्थिक वर्षदेखि प्रक्रिया अघि बढाइने भएको छ । यसअघि यी क्षेत्रमा पुरातत्व विभागले उत्खनन गरेको थियो । विभागले दुवै स्थानमा ऐतिहासिक, पुरातात्विक महत्वका चिजबीज भेटिएको जनाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै आएको थियो ।

आगामी आवमा चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरिएको छ । राम, सीता र लक्ष्मणको मूर्ति बनाई गत रामनवमीमै अयोध्यापुरी लगिएको छ । आदर्श राजा रामको जन्म अयोध्यापुरीमै भएको जनाई सरकारले त्यहाँ पर्यटन क्षेत्र बनाउने भएको छ।