काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका सुधिरलाई काठमाडौं ठमेलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको हो ।
सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर भई उक्त सजाय भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।






























