GB Koirala Banner Ad New

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा कुशल प्रशासक एवं व्यवस्थापक सम्मान दासलाई प्रदान

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रवद्वित कुशल प्रशासक एवं व्यावस्थापक  हेम बहादुर मल्ल सम्मान पुरस्कार सुनसरी जिल्लाको इनरूवा निवासी स्वास्थ्य समाजसेवी ९६ वर्षिय डा.गौरी शंकरलाल दासलाई फागुन १३ गते प्रदान गरिएको छ । यो पुरस्कार २ लाख रूपैयाँ राशीको रहेको छ ।

पुरस्कृत डा. दासलाई फुलमाला लगाई सम्मान पुर्व सचिव माधव पौडेलले, रू.२ लाखको चेक कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकुत उर्मिला श्रेष्ठले, लोगो प्रदान  जनप्रशासन संघका महासचिव रामशरण चिमोरियाले प्रदान गर्नु भएको छ।

उहाँलाई आज अपरान्ह राष्ट्रपति विधादेवी भण्डारीले राष्ट्रपति निवास महाराजगन्जमा सम्मान प्रत्र प्रदान गर्नु भएको थियो। साल्ट साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपाल जनप्रशासन संघ मार्फत विगत १५ वर्षदेखि कर्पोरेशनका कुशल व्यवस्थापक हेमबहादुर मल्लको नाममा वर्षेनी एक जना कुशल व्यवस्थापकलाई सम्मान गर्दै आएको छ ।

यसपाली १६ औ सम्मान तथा पुरस्कार डा. दासलाई प्रदान गरिएको हो।  सार्वजनिक प्रशासन,व्यवस्थापन तथा जनसरोकारका क्षेत्रमा अनुकरणीय संस्थागत नेतृत्व प्रदान गरि सुधार र रूपान्तरणका दिशामा उत्कृष्ट योगदान पुर्याउने व्याक्ति वा संस्थालाई रू.२ लाख नगद राशीका साथ प्रदान गरिदै आएको छ।

पुरस्कारको व्यवस्थापन र छनोट गर्ने काम नेपाल जनप्रशासन संघले गर्दै आएको छ। संघको अध्यक्ष पुर्व सचिव तथा सुचना आयोगका पुर्व अध्यक्ष कृण्ण हरि बास्कोटा रहनु भएको छ।

यसपालीको सम्मान पुरस्कार छनोट समितिमा कानुन सुधार आयोगका अध्यक्ष, पुर्व सचिव तथा पुर्व कानुन तथा सञ्चार मन्त्री माधव पौडेल, लोकसेवा आयोगका अध्यक्ष उमेश  मैनाली,पुर्व सचिव पुण्य प्रसाद न्यौपाने,पुर्व सचिव जिवनप्रभा लामा रहनु भएको थियो ।

संघको अध्यक्ष अहिले नेपाल सरकारका पुर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटा रहनु भएको छ।  हेम बहादुर सम्मान औपचारिक कार्यक्रम याक एण्ड यति होटलमा भएको थियो।

कार्यक्रममा कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धर, जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकुत उर्मिला श्रेष्ठले, पुरस्कार छनोट समितिका संयोजक पुर्व सचिव माधव पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो।

                       यसै अवसरमा प्रमुख कार्यकारी अधिकुत उर्मिला श्रेष्ठको मन्तव्य
यस समारोहका सभापतिज्यू, लोकसेवा आयोगका माननीय अध्यक्ष अध्यक्षज्यू साल्ट ट्रेडिङ्ग कर्पोरेशनका अध्यक्षज्यू तथा सञ्चालकज्यूहरु सम्मानित व्यक्तित्व श्री गौरीशंकर लाल दासज्यू पूर्व मन्त्रीज्यू सचिवज्यू पूर्वसचिवज्यू नेपाल सरकारका विशिष्ट पदाधिकारीज्यूहरु हालसम्म हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनु हुने व्यक्तित्वहरु जन प्रशासन संघका पदाधिकारीज्यूहरु, जेष्ठ नागरिक महासंघका अध्यक्ष शेयर होल्डर तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका साथीहरु आमन्त्रित अतिथि गण पत्रकार मित्रहरु सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीज्यूहरु उपस्थित महिला तथा सज्जनवृन्द
आदरणीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हेमबहादुर मल्ल सम्मान २०७५ प्रदान गरिएको अवसरमा आयोजित यस कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथिवृन्दमा हार्दिक स्वागत गर्दछु । जन प्रशासन संघसंगको सहकार्यमा यस्ता महत्वपूर्ण कार्य गर्न पाएकोमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गौरवको अनुभव गर्दछु ।
सम्मान समारोहको प्रमुख अतिथिको रुपमा सम्माननीय राष्ट्रपतिज्यूले समय प्रदान गर्नु भएकोमा हामीलाई उच्च प्रोत्साहन प्राप्त भएको छ र भविष्यमा यस्ता गरिमापूर्ण अवसर प्राप्त भएरहने विश्वास सहित आभार व्यक्त गर्दछु ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन व्यवसायीक संस्थाको साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्नमा पनि अग्रणी भूमिका खेल्दै आएको कुरा समस्त अतिथिवृन्दमा सादर अवगत गराउँदछु ।
यसले विगत झण्डै ६ दशकदेखि नेपाली उपभोक्ताहरुको आकांक्षा र माग अनुसार गुणस्तरीय उपभोग्य वस्तुहरु नुन, चिनी, तेल, चामल मैदा, पिठा आदि सुपथ मूल्यमा सर्वसुलभ उपलब्ध गराउँदै आएको छ भने यो क्रम अझ परिस्कृत र परिमार्जित रुपमा अगाडी बढाउने छ ।
कर्पोरेशनले दैनिक उपभोग्य वस्तुका साथै आमसञ्चारलाई सहयोग पु¥याउन प्रिन्टीङ्ग पेपर आपूर्ति गर्दै आएको छ । राष्ट्रको समृद्धिमा कृषिको महत्व अति उच्च रहेकाले कर्पोरेशनले सरकारको अनुदानित रासायनिक मल आयात गर्नुका साथै आफ्नो तर्फबाट समेत गैर अनुदानित मल आयात गरि बिक्री वितरण गर्दै आएको छ ।
यसले नेपालको कृषि क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएको हामीले महशुस गरेका छौं । खाना पकाउने ग्याँसको आपूर्ति र बिक्री वितरणबाट आम उपभोक्ताले सहजताको अनुभव गरेका छन, जुन कुरा विभिन्न प्राकृतिक विपत्ति आइपर्दा अनुभव गरिएको छ । २०७२ सालको भयाभह भूकम्पमा सेवाको माध्यमले कर्पोरेशनले आम उपभोक्ताको मन जित्न सफल भएको स्मरण गराउन चाहन्छु ।
आयोडिन युक्त नुनको सर्वसुलभता र कण्ठरोग नियन्त्रण कर्पाेरेशनको उल्लेखनीय सेवामा पर्दछ । आयोडिन प्रति जनचेतना जगाउन फेब्रुवरी महिनालाई आयोडिन मन्थको रुपमा मनाइएको छ । भूकम्पीय जोखिमबाट देशलाई संरक्षण दिन नयाँ प्रविधिमा आधारित घरहरु बनाउन कर्पोरेशनले नयाँ प्रविधिको विकास गरेको छ र सोही प्रविधिमा आधारित घरहरु थानकोट महादेव स्थानमा निर्माणाधीन छन भने केही घरहरु निर्माण सम्पन्न भई सकेका छन । कोभिड १९ को महामारीको समयमा भएको बन्दाबन्दीमा पनि कर्पोरेशनले घरदैलोमा उपभोग्य सामान पु¥याएर सेवा गरेको विषय उल्लेखनीय उपलब्धी ठानेका छौं ।
यसका अतिरिक्त अन्य सामाजिक दायित्व निर्वाहमा अग्रसर रहँदै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बालबालिकाको हित संरक्षणमा काम गर्ने व्यक्ति वा संस्थालाई बाल हितकारी पुरस्कार, चिकित्सा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति, खाद्य विज्ञानका विषयमा विद्यार्थीलाई छात्रवृत्ति लगायतका सामाजिक कार्यलाई निरन्तरता दिंदै आएको छ । यसै परम्परामा गांसिएको आदरणीय पूर्व व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्झनामा २०६० सालमा स्थापित सम्मानलाई निरन्तरता दिंदै आएको छ । यस अवसरमा उहाँको अविस्मरणीय योगदानको ससम्मान सम्झना गर्दछु ।
डा.गौरीशंकर लाल दासका चिकित्सा क्षेत्रका साथै समाज सेवाका क्षेत्रमा पनि योगदान अविस्मरणीय रहेका छन । वि.सं.२००९ सालदेखि बीर अस्पतालमा स्वास्थ्य सेवा प्रारम्भ गर्नु भएका डा. दासले स्वास्थ्य सेवा बिभागको निर्देशक, स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृतको रुपमा प्रशासनिक भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ नेपाल रेडक्रस सोसाइटी, कुष्ठरोग निवारण संस्था, नेपाल मेडिकल संघ, नेपाल परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समिति आदि सामाजिक संस्थाको विभिन्न पदमा रही उल्लेखनीय योगदान गर्नु भएको छ ।
एउटा असल चरित्रका व्यक्तित्वको सम्मानमा स्थापना भएको हेमबहादुर मल्ल सम्मान २०७५ अर्को असल पात्रमा समर्पण गर्न पाएकोमा हामी गौंरव एवं प्रशन्नताको अनुभव गर्दछौं ।
अन्त्यमा हेमबहादुर मल्ल सम्मान २०७५ द्धारा सम्मानित व्यक्तित्व डा. गौरीशंकर लाल दासज्यूको सम्मृद्धि, सुस्वास्थ्य दीर्घायुको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु र आफ्नो स्वागत मन्तव्य यही समाप्त गर्ने अनुमति चाहन्छु । धन्यवाद