GB Koirala Banner Ad New

शुक्रबारबाट कुमारी इक्विटी फण्ड खुला हुँदै

काठमाडौं ।  कुमारी इक्विटी फण्ड (म्युचुअल फण्ड) को ८ करोड इकाई  फागुन १४ गते  शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । कुल इकाई मध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ ।

बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।

कुमारी इक्विटी फन्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने फागुन २८ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।