GB Koirala Banner Ad New

स्वाभिमान लघुवित्तको एजीएम आज, २१.०५% लाभांश पारित हुँदै

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बिहीबार फागुन १३ गते बस्दैछ । सभा डार्सिज इन्टरनेसनल होटल, बुुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । संस्थाले २१.०५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट २०%  बोनस सेयर र कर तिर्न १.०५%  नगद लाभांश दिन लागेको हो ।

यस्तै, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि सभामा छ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । साधारण सभा र लाभांशको लागि संस्थाले माघ ३० गते बुक क्लोज गरेको छ । तसर्थ, माघ २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।