GB Koirala Banner Ad New

महानगरले निःशुल्क भनेका एम्बुलेन्स सेवामा पैसा नतिर्न प्रमुख शाक्यको अपिल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, कोविड संक्रमणमा परेका विरामीका लागि महानगरको सहयोगका सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२ निःशुल्क प्रयोग गर्न अपिल गर्नु भएको छ । शुक्रबार एक अपिल जारी गर्दै उहाँले, कोविड संक्रमण भएका कोही विरामीलाई अस्पताल जान कठिन नहोस् भनेर नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा सञ्चालित अक्सिजनसहितका १० वटा एम्बुलेन्स प्रयोग गरिएको उल्लेख गर्नुभएको छ ।

कोविड विरामीका लागि यसबाट दिइने सेवा निःशुल्क हो । महानगरले कोविडबाहेकका विरामीलाई घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल जान नेपाल एम्बुलेन्स चालक संघसँगको सहकार्यमा थप १० वटा एम्बुलेन्स सञ्चालन गरेको छ ।

यी दुवै एम्बुलेन्स सञ्चालनको खर्च महानगरले उपलब्ध गराएर सेवालाई निःशुल्क गरेको छ । अपिलमा यही प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भन्नुभएको छ, ‘कोविडका विरामीले १०२ मा र अन्य विरामीले ११८० वा महानगरले उपलब्ध गराएका एम्बुलेन्स चालकको नं. मा सम्पर्क गरेर लिएको एम्बुलेन्स सेवाको कुनै पनि शुल्क तिर्नुपर्दैन । यदि कसैले शुल्क मागेमा महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर जानकारी गराउनुहोला ।’

अपिलमा निःशुल्क सेवामा कसैले शुल्क मागे कारवाही गरिने व्यहोरा उल्लेख छ ।

May be an image of text that says 'विश्वमहामारीका फैलिएको वर्ष नेपालमा पनि देखापरेसंगै गरेको थियो लकडाउनका महानगरवासीहरुमा रोकथाम गनंका लागि महानगरपालिकाल मातहतका वडाका जनप्रतिनिधि कर्मचारीहरुलाई परिचालन गर्दे स्थानीय तहमा नागरिकहरुको स्वास्थय उपचारलाई लक्षित संक्रमित हटलाइन मार्फत अक्सिजनको सहित वटा एम्बुलेन्स विरामीहरुका ११5० हटलाइन मा्फत नि:शुल्क रुपमा एम्वुलेन्स सेवा प्रदान आईरहेको यहाहरुलाई सर्वविदिते छ। काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा सऱ्चालन भईरहेको १०२ एम्बुलेन्स नि:शुल्क भएकाले सेवा लिएवापत कुनै शुल्क तिर्नु पर्दैन महानगरपालिकाकी हटलाईन ૧੧5੦ मा खवर हुन हार्दिक अपील गदछ ૧૧5੦ हटलाईनको शुल्क मागेमा तुरुन्त नि:शुल्क एम्बुलेन्स सेवा दिदा सेवाग्राहीसंग कुनै प्रकारको शुल्क मागेको पाईएमा तत्काल कार्वाही गरिने वैशाख ३१ गते शुक्रबार ने.सं. १੧૪੧ वछलाथ्व द्वितीया विद्यासुन्दरशाक्य प्रमुख'