GB Koirala Banner Ad New

गणपति लघुवित्तको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहीबार फागुन १३ गते अन्तिम दिन हो । गणपतिले हाल कायम चुक्ता पुँजीको १५% बोनस सेयर र कर प्रयोजनको लागि ०७९% नगद लाभांश वितरण गर्दैछ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको वार्षिक साधारण सभा फागुन २८ गते ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।