काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन १३ गते बिहीबार अन्तिम दिन हो । नेसनलले हाल कायम चुक्ता पुँजीको २१% बोनस सेयर र ६% नगद लाभांश गरि कुल २७% लाभांश वितरण गर्दैछ ।
लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको साधारण सभा चैत ५ गते बस्ने भएको छ ।



























