GB Koirala Banner Ad New

कोरोना भाइरस नियन्त्रणका लागि सिद्धार्थ बैंकद्वारा १ करोड ४ लाख रुपैयाँको सहयोग

काठमाडौं ।  कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि सिद्धार्थ बैंकले १ करोड ४ लाख रुपैयाँ सहयोग बुधबार प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँको दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाटपनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ ।

बैंक आफ्ना ग्राहक महानुभावहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहकयोग पुर्याइदिन आग्रह गरेको छ ।