GB Koirala Banner Ad New

चिकित्सा शिक्षा आयोगले विभिन्न कार्यक्रमको शुल्क तोक्दै सार्वजनिक गरे

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा सम्बन्धि विभिन्न कार्यक्रमको शुल्क तोक्दै सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशित गरी आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि १७ वटा कार्यक्रमका लागि संशोधित शुल्क तोकेको हो ।

आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलका अनुसार आयोगले गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत नै राखी अरु कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

आयोगको बैशाख ९ गतेको निर्णयानुसार अब एमबीबीएस पढ्नका लागि काठमाडौं उपत्यका भित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार लाग्नेछ । चिकित्सा सम्बन्धि शैक्षिक कार्यक्रम संचालन गरिरहेका मेडिकल कलेजहरुले आयोगले तोकेभन्दा बढी शुल्क लिन पाउने छैनन् ।