GB Koirala Banner Ad New

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा आवेदन फारम र रजिष्ट्रेशन फारम भर्ने समय स्थगित गरेको जनाएको छ ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको प्रकोपबाट सम्पूर्ण मुलुक आक्रान्त भइरहेको अवस्थामा यसअघि प्रकाशित सूचनाअनुसार तय भएको परीक्षा आवेदन भर्ने समय स्थगित भएको सो सूचनामा उल्लेख गरिएको छ ।