GB Koirala Banner Ad New

अपि पावरको २९ प्रतिशत हकप्रद सेयर समायोजन 

काठमाडौं । अपि पावरको २९ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २९६ रुपैयाँलाई आधार मानेर बुधबार कम्पनीको कारोबार खुल्नेछ ।

२९ प्रतिशत हकप्रद सेयरमा कम्पनीले आज वैशाख २९ गते बुक क्लोज गरेको छ । यसर्थ, वैशाख २८ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि, कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता ९४७५० हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट फेरि हकप्रद निष्कासन गर्न लागेको हो ।