काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८५ बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ७ सय २० रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार इन्स्योरेन्स कम्पनीको सेयर कारोबार खुल्नेछ ।
जेठ १० गते बस्ने वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ। साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।



























