GB Koirala Banner Ad New

संवैधानिक परिषदमा २० जनाको नाम सिफारिस

काठमाडौं । हिजो सम्पन्न संवैधानिक परिषदको बैठकले विभिन्न ११ वटा संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदहरूमा पदपूर्ति सिफारिस गरेको छ । जसमा नियुक्तिका लागि सिफारिस भएकाहरू यस प्रकार छन् स्(

लोक सेवा आयोग

अध्यक्षः माधव प्रसाद रेग्मी(झापा)
सदस्यःमाधव बेलबासे (कपिलबस्तु)
वीरवहादुर राई (इलाम)
दिनेश सिलवाल (ललितपुर)
मन्जु कुमारी (महोत्तरी)

अख्तियार दुरुपयोग अनसन्धान आयोग

आयुक्तः डा.हरी पौडेल( बागलुङ(
आयुक्तः डा. सुमित्रा अमात्य(ललितपुर)

निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा (रुपन्देही)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्यः विपिनराज निरौला( पाँचथर)
सुधा कुमारी झा (धनुषा)

महिला आयोग

सदस्य जया घिमिरे (धनुषा)
सदस्यः सावित्रा कुमारी शर्मा (पर्वत)

दलित आयोग

सदस्यः सुन्दर पुर्कुटी (काठमाडौं)

राष्ट्रिय समावेशी आयोग

अध्यक्षः डा.रामकृष्ण तिमिल्सिना (कास्की)
सदस्यः पुष्पराज तिमिल्सिना (पर्वत)
सदस्यः मानप्रसाद खत्री (बझाङ)

आदिवासी जनजाति आयोग

सदस्यः सूर्यवहादुर गुरुङ (खोटाङ)

मधेशी आयोग

सदस्यः आभा कुमारी (सप्तरी)

थारु आयोग

सदस्यः डा.उमाशंकर चौधरी (नवलपरासी पश्चिम)

मुस्लिम आयोग

सदस्यः मोहम्मद समसुल हक (सर्लाही)