GB Koirala Banner Ad New

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । ८ अर्ब १८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकोअवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २०७८ साल श्रावण २६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक २३ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर भोलि ९वैशाख २८ गते, बिक्री हुने जनाएको छ ।