काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा ३४.३३% ले घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि खुद नाफा घट्न दबाब पुगेको देखिन्छ । खराब कर्जा अनुपात केही बढ्दा प्रोभिजनमा पनि बढी रकम छुट्याउनुपर्ने अवस्था आएको छ । यसको प्रभाव पनि नाफा परेको देखिन्छ ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ३३.०८% र सञ्चालन नाफा ३४.४५% ले घटेको छ । बैंकको खराब कर्जा ०.२२% बाट ०.५०%पुगेको छ ।
यता, बैंकको निक्षेप संकलन ८.३३% ले बढ्दा कर्जा लगानी ७.६१% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ५९ पैसाले घटेर वार्षिक १८ रुपैयाँ ४१ पैसा कमयम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ९५ पैसा छ ।





























