GB Koirala Banner Ad New

मेगा बैंकको वितरणयोग्य नाफा १ अर्ब माथि

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३५.९४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १८२.२०% ले बढेर १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी २८।४२५ ले बढेर ४ अर्ब ८ करोड ८२ लाख १७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३३.३३% ले बढेर २ अर्ब ७७ करोड २ लाख ३ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४१ पैसा छ ।