GB Koirala Banner Ad New

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिन ३२ सय ५१ जनाको मृत्यु, अहिलेसम्मकै धेरै

ब्राजिलिया । कोरोना भाइरस महामारीबाट अत्यन्त प्रभावित मुलुक ब्राजिलमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये गत मंगलबार सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । सार्वजनिक विवरण अनुसार मंगलबार मात्रै ब्राजिलमा ३२ सय ५१ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कारोना भाइरसका कारण मृत्यु भएकाहरूको संख्या २ लाख ९८ हजार ६७६ पुगेको छ । त्यसैगरी, पछिल्लो एक दिनमा ब्राजिलमा कोरोना भाइरसबाट ८२ हजार ४९३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल १ करोड २१ लाख ३० हजार १९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । रासस/सिन्हा