GB Koirala Banner Ad New

विश्वकप छनोट आत्मघाती गोलमा पोर्चुगलको जित

एजेन्सी । कतार विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले अजरवैजानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा माक्सिम मेडभेडेवको आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो । उनले खेलको ३७ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

दोस्रो हाफमा पनि पोर्चुगलले अजरवैजानलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।