GB Koirala Banner Ad New

सिभिल बैंकको क्यूआर कोडबाट धनगढीको कृषि उपज हाटबजारमा कारोबार शुरु

काठमाडौं । सिभिल बैंक लिमिटेडले नगद रहित अभियानलाई निरन्तरता दिँदै धनगढीमा पनि क्युआर कोड सेवा शुरु गरेको छ । बैंकले धनगढीको दैनिक कृषि उपज हाटबजारका विभिन्न व्यापारीलाई बैंकले क्युआर कोड वितरण गरेको जनाइएको छ ।

नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले विद्यमान कोरोना महामारीमा आफूलाई जोगाउन मात्र नभएर नोट छपाइ गर्दा खर्च हुने र यस क्रममा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए ।

सोही कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा प्रबन्धक लगायत उपस्थित  रहेको थियो ।