काठमाडौं । नबिल बैंकले स‘गै अघि बढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाज प्रति उत्तरदायी हुन चाहन्छ ।
तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउन्ँेछ भन्ने बैंकले आशा गरेको छ ।
नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याज दरलाई बढाएर ७.५१% प्रकाशित गरेको छ, जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ । यस ब्याज दरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याज दर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ ।
नबिलबैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्गयुगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ । नबिल बैंक ग्राहकस‘ग एउटा परिवार जस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गर्दछ ।





























