GB Koirala Banner Ad New

शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकको पोखरामा नयाँ शाखा विस्तार

काठमाडौं ।   शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले पोखरामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । नयाँ शाखा विस्तारसँगै बैंकको कुल शाखा ७७ पुगेको छ ।

राष्ट्र बैंक पोखराका निर्देशक इश्वरीप्रसाद भट्टराईले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने जानकारी दिए । हाल नेपालभर आठ राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो ।