एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सानदार जित निकालेको छ । लेस्टरले शेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्यो । लेस्टरका लागि केलिची इहिनाचोले ह्याट्रिक गरे । उनले खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । यस्तै, आयोजे पेरेजले एक गोल गरे ।
शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै लेस्टर सिटीलाई एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा आर्सनलले टोटनह्याम र साउथह्याम्टनले ब्राइटनलाई समान २–१ गोल अन्तरले पराजित गरेका छन् ।


























