GB Koirala Banner Ad New

महालक्ष्मी विकास बैंकको सिइओमा बोधराज देवकोटा

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन्। केहि दिन अगाडि सिटिजन्स बैंक इन्टरनेशनल छाडेका देवकोटा महालक्ष्मी विकास बैंकको सिइओ भएका हुन्। बैंककोआइतबार बसेको सञ्चालक समितिको बैठकले चार वर्षका लागि देवकोटालाई नियुक्त गरेको हो।

देवकोटाले सिटिजन्स बैंकमा १४ वर्ष काम गरेका थिए। उनले बैंकमा म्यानेजरको पदबाट सेवा सुरु गरि नायव प्रमुख कार्यकारी पदमा दुई वर्ष काम गरेका थिए। उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल डिग्री हासिल गरेका छन्।

महालक्ष्मी विकास बैंकबाट कृष्णराज लामिछानेले गत साउन एक गते राजिनामा दिएका थिए। लामिछानेले राजिनामा दिए सँगै अहिलेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो।