काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन सिटी एक्सप्रेस फाइनान्सको सेयर अब नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा सूचीकरण भएको हो । इन्भेष्टमेन्ट बैंकले १ः०.३० सेयर स्वाप रेसियोमा सिटी एक्सप्रेसलाई एक्वायर गरेको हो ।
दुवै संस्थाको गत असोज २६ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वायर गरी माघ ११ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ । एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले मंसिर १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ३ गते अन्तिम स्वीकृति दिएका थिए ।




























