GB Koirala Banner Ad New

 हिमालयन बैंकको नयाँ शाखा अत्तरियामा विस्तार

काठमाडौं । हिमालयन बैंकले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखा कार्यालयबाट ग्राहकलाई सबै किसिमको बैंकिङ सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

योसँगै बैंकले ७१ शाखा कार्यालय ४ वटा विस्तारित काउन्टर र १ सय ४६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।