काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस तथा सेना दिवस(२०७७ को अवसरमा सैनिक श्रीमती संघको पहलता तथा नं. २८ बाहिनी अड्डानको प्रत्यक्ष निगरानीमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं.४ संग्रामपुर स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरि सैनिक श्रीमती संघद्वारा निर्माण गरिएको ४ सिटे महिलामैत्री शौचालय एक कार्यक्रमका बीच श्री सैनिक श्रीमती संघका सदस्य श्रीमती निधी कार्की खड्काले २०७७ फागुन २६ गते उक्त विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ ।
उक्त कार्यक्रममा गढीमाई नगरपालीकाका मेयर श्याम प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, उक्त बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारी तथा सदस्यहरु, गढीमाइ नगरपालीका वडा नं ४ का वडा अध्यक्ष, बिद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय बुद्धिजीबि तथा पत्रकार गरि करिब २०० जनाको उपस्थिति रहेको थियो ।































