काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले फागुन २५ गते मंगलबार वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारण सभा गर्न लागेको हो । उक्त आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि एलआइसी नेपालले फागुन ७ गतेदेखि नै बुक क्लोज गरिसकेको छ । फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।





























