काठमाडौं । पछिल्लो केही दिन घटेको सुनको भाउ साताको पहिलो कारोबार दिन आइतबार भने बढेको छ । आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ८६ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको थियो ।































