GB Koirala Banner Ad New

‘बी’ डिभिजन लिग : ब्वाइज युनियन र टुसाल तथा खुमलटार र श्री भगवती बिच खेल हुँदै

काठमाडौं । आज सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा  दुई खेल हुँदैछन् । दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुँदैछ ।

दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुनेछ । यसअघि हिजो भएको खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएसन विजयी भएका थिए ।